त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज काठमाडौं, २ पुस। त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनेछन्। यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन्। गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्