आजदेखि तीनदिने आमरण अनसन बस्ने डा.गोविन्द केसीको घोषणा काठमाडौं, २९ मंसिर। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन्।सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा.केसीले पत्रकार सम्मेलन गर्दै बेलुकी ५बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको बताए। उनले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्