तीन वटा विशेष काममा सहयोग गर्न प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह काठमाडौं, २९ मंसिर। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आफूले वाचा गरेअनुसार काम भइरहेको बताएका छन्। २९ औँ महानगर दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै शाहले भने–‘हामीले वाचा गरेअनुसार महानगरपालिकाले काम गरिरहेको छ। अझै तीनकुनेको मुआब्जाको समस्या, खोलाको समस्या र फोहोर व्यवस्थापन यी तीन विशेष काम गर्न बाँकी छ। आशा छ ती काम सम्माननीय प्रधानमन्त्रीज्यूले पहल गर्नुहुन्छ होला।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्