आज छुट्दैछन् नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका पूर्वगृहमन्त्री खाण खाण काठमाडौं, २९ मंसिर। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण शुक्रबार छुट्दैछन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई धरौटीमा छाड्न आदेश दिएसँगै छुट्न लागेका हुन्। अदालतले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले गत असार १गते १७जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्