एनसेल बिक्रीविरुद्ध सांसद सिंहको रिट निवेदन रेग्मीको एकल इजलासमा काठमाडौ, २४ मंसिर। एनसेल बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहले दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ।उनले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने भएको छ।उनले नेपालको कानुनी प्रक्रियालाई छलेर राज्यलाई हानि पुग्नेगरी अपारदर्शी तवरमा सेयर खरिदबिक्री भएको दाबी गर्दै रिट निवेदन दायर गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्