मधेश सरकारका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर दिए आन्दोलनको चेतावनी काठमडौं,२४मंसिर।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतत्व टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ।उनीहरुले संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।यसअघि मधेश सरकारले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई अल्टिमेटम दिएको थियो।अल्टिमेटम अवधि पूरा भएपछि मधेश सरकारको टोलीले प्रधानमन्त्रीलाई भेटेर माग पूरा नभए संघर्षमा जाने चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्