साढे ६ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ काठमाडौं, २४ मंसिर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित १ जना पक्राउ परेका छन्।अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँच भएर बाहिरिसकेको अवस्थामा प्रहरीले सुनसहित इजिप्टका नागरिकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा इजिप्टका नागरिक सरिफ मोहम्मद लासिम रहेका नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।प्रहरीले इजिप्टका ती नागरिकसँगै सुन तस्करीमा संलग्न भएको आरोपमा अन्य २जना सुडानी नागरिकलाई पनि पक्राउ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्