तोलामा १३ सय रुपैयाँले घट्यो सुनको भाउ काठमाडौं, २४ मंसिर। आइतबार सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो। आइतबार प्रतितोला १३०० रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९५०रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्