घरजग्गा कर्जाको जोखिम भार घट्यो, ५० लाख सम्मको कर्जामा पनि सहजीकरण काठमाडौं, २२ मंसिर।राष्ट्र बैंकले घरजग्गा कर्जामा कर्जाको जोखिम भार घटाएको छ।मौद्रिक नीतिको तीन महिने समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जाको जोखिम भार घटाई १२५प्रतिशत कायम गरिने भएको हो। यसअघि यस्तो कर्जाको जोखिम भार १५०प्रतिशत थियो।त्यस्तै,५०लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६०प्रतिशत कायम गरिने उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्