मौद्रिक नीति समीक्षा : बैंक दर र नीतिगत दर घट्यो काठमाडौं, २२ मंसिर।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ।शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो।बैंक दरलाई ७.५प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५प्रतिशतबाट घटाएर ५.५प्रतिशत कायम गरेको हो।यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५प्रतिशतबाट घटाएर ३.०प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्