औषधि पसलहरुमा धेरै कमजोरी देखिए, सुधार नभए कारवाही गरिन्छः बालेन्द्र शाह काठमाडौं, २० मंसिर। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरु ऐन, नियमअनुसार सञ्चालन भएको नपाइए कारबाही गरिने बताएका छन्। कमजोरीहरु सुधार गरी,प्रचलित कानुन तथा नियमहरुको पालना गरी औषधि बिक्री वितरण गर्न मंसिर २९गतेसम्मको अल्टिमेटमा दिइएको पनि बालेनले जनाएका छन्। महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरुमा अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्री वितरण भइरहेको गुनासो आइरहेको बालेनले उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्