व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्छः केपी ओली काठमाडौं, २० मंसिर।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधबार रुकुमपूर्व पुगेका उनले भने,‘देश असफल बनाउने अवस्थामा लान खोजिएको छ,देशभित्रका केही तत्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौं।यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौं,यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्