न्युरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ काठमाडौं, २० मंसिर। काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापामा मारेर १ जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेर १जनालाई पक्राउ गरेको हो। प्रहरीले कैलाली घर भएका ४१वर्षीय पदम प्रसाद पाण्डेलाई पक्राउ गरेको हो। पाण्डेले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्