एनसेलको सेयर खरिदविक्रीमा नेताहरूले पैसा खाएको रविको आशंका, छानबिन गर्न चुनौती काठमाडौं,२०मंसिर।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको सेयर किनबेचमा नेताहरूले पैसा खाएको आशंका गरेका छन्। ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि चलखेल थियो। टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए,कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए,खुला छानबिन गर्न तयार हुने हो?भन्दै उनले प्रश्न गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्