विप्लवसहित नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै नेकपाले घोषणा गर्यो चरणबद्ध आन्दोलन काठमाडौं, १९ मंसिर। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लगायत प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य माइला लामाका शीर्ष नेताहरुका नाममा काठमाडौं जिल्ला अदालतले प्रकाउ पुर्जी जारी गरेपछि पार्टीले मंसिर १९गते साँझ मशाल जुलुस,२०गते न्यायाधीशको पुत्ला दहन र २१गते देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ। सोमबार मात्र सो दलका नेताहरुको नाममा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्