भारतीय टेलिशृंखला ‘सिआइडी’का कलाकार दिनेश फडनिसको निधन काठमाडौं, १९ मंसिर।भारतीय टेलिशृंखला ‘सिआइडी’का कलाकार दिनेश फडनिसको निधन भएको छ।मंगलबार मुम्बईस्थित तुंगा अस्पतालमा उनको निधन भएको हो।उनको निधन भएको खबर सिआइडीमा दयाका भूमिकामा देखिने दयानन्द शेट्टीले पुष्टि गरेका हुन्। उनले भने,‘दिनेश लामो समयदेखि बिमार थिए।उनलाई हृदयाघात भएको थिएन।तर स्वास्थ्यमा समस्या देखिएको थियो।मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो।’गतशुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्