शाहरुख खान अभिनीत चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक बलिउड अभिनेता शाहरूख खान अभिनीत चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार रेड चिल्लीज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।ट्रेलरमा गैरकानुनी तरिकाले विदेश जाने युवाहरूको कथा देखाइएको छ।राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानीलगायत कलाकारको अभिनय छ।शाहरुख खान र राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्।चलचित्र २१ डिसेम्बरदेखि सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्