तोलामा २४ सय रुपैयाँले सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? काठमाडौं, १९ मंसिर। सुनको मूल्य मंगलबार २४ सय रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ। यसअघि सोमबार मंसिर १८ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्