एनसेल प्रकरणमा विद्यार्थी संगठनहरूको विरोध काठमाडौं, १९ मंसिर।एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन्। सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका हुन्। प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले मंगलवार एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले एनसेललाई राष्ट्रियकरण गर,विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्