भेरी बबई डाइभर्सनको गुणस्तरमा कुनै कम्प्रोमाइज गर्न मिल्दैनः केपी ओली काठमाडौं, १८ मंसिर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन्। महाकाली–मेची अभियानको क्रममा मंगलबार बिहान भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेपछि उनले भने,‘यहाँको कामको गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन,किनभने यो प्रकृतिसँगको कारोबार छ । यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो। यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्