एनसेल प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी छैन, हामी बुझ्दैछौँः अर्थमन्त्र महत काठमाडौं,१९मंसिर।अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका छन्। यसको समग्र स्थिति बुझ्ने क्रममा रहेको उनले बताए।‘यस विषयमा हामी अझै सूचना लिइरहेका छौं,’चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा.महतले भने,‘समग्रमा के स्थिति छ सबै बुझिसकेपछि मात्रै यसबारेमा अथेन्टिक रुपमा भन्न सकिन्छ।’उनले यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण रहेको भन्दै सरकारलाई आधारिक जानकारी नआइसकेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्