अहिलेको सरकार चीनको सहयोग लिन डराउँछः केपी ओली काठमाडौं, १८ मंसिर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्। चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि ‘अर्को शक्ति’का कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको ओलीले बताए। सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा दैलेखमा ओलीले भने,‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्