सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, १८ मंसिर। सोमबार सुनको भाउ तोलामा ८०० रुपैयाँले महँगिएको छ। जस अनुसार आजको दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख २१ हजार रुपैयाँ पुगेको छ। अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन।अघिल्लो कारोबार दिन अर्थात् आइतबार एक तोला सुनको भाउ १ लाख २०हजार ८००रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्