फागुन १ गते राजाको हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्छौँः दुर्गा प्रसाईँ काठमाडौं, १७ मंसिर।मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३०गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने दाबी गरेका छन्।आइतबार पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए।प्रसाईँले भने,‘झापामा राजाले मेचीमा बालेको दियो फागुन १गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ।अब यो व्यवस्था परिवर्तन हुन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्