दोलखामा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ काठमाडौं, १७ मंसिर। दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर २०वर्षिय सन्जीव सार्कीको मृत्यु भएको छ।सिकार खेल्न गएका बेला आफैंले बन्दुकबाट अटोमेटिक फायर भएपछि देब्रे छातीमा छर्राले लागेको थियो। त्यसपछि उनलाई उपचारका लागि चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याइएको थियो।अस्पताल भर्ना लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्