गलत प्रवृत्तिका केही व्यक्ति पार्टीमा आएका छन्ः रवि लामिछाने काठमाडौं, १४ मंसिर।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य दलबाट प्रवेश गरेका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा औंल्याएका छन्।महोत्तरीको जलेश्वरमा आयोजित पार्टीको केन्द्रीय बैठकमा उनले भने,‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ। नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ।यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्