बागमतीलाई हराउँदै आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश काठमाडौं। बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो।आर्मीले उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको विजेतासँग खेल्नेछ। फाइनल खेल शुक्रबार हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्