उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी काठमाडौं,१४मंसिर।कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन्।सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ।सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानवापतको रकम उपलब्ध गराउने व्यवस्था छ।तर, कञ्चनपुरका उखु किसानले भने गत वर्षको ३२करोड रुपैयाँ अनुदान रकम पाउन बाँकी रहेको किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्