नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु काठमाडौं, १४ मंसिर। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३आजदेखि काठमाडौँमा सुरु हुँदैछ। नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा मेला सुरु हुन लागेको हो। मेलामा २१० वटा स्टलमार्फत स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने महासंघले जनाएको छ। महासंघका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८÷८ वटा स्टल रहने छन्। मेला मंसिर १८गतेसम्म सञ्चालन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्