एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै काठमाडौं, १४ मंसिर।नेपाल सुपर लिग(एनएसएल) २०२३मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५बजे सुरु हुनेछ।साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २–१जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २–०ले पराजित भएको थियो। धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्