कोप–२८ मा भाग लिन प्रधानमन्त्री दुबईमा मंसिर,१४काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८)मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन्।स्थानीय समय अनुसार राति करिब १ः३०बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।दुबई विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत युएईस्थित दूतावासका अधिकारीहरुले स्वागत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्