युएईमा कोप–२८ सम्मेलन आजदेखि काठमाडौं, १४ मंसिर। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन(कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ।संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६गतेसम्म चल्नेछ। १६०भन्दा बढी मुलुकका नेता दुबईमा सहभागी हुने बताइएको छ। सम्मेलनमा विश्वभरबाट प्रतिनिधि, व्यापारीक नेता,युवा,जलवायु वैज्ञानिक, आदिवासी जनजाति,पत्रकार,विभिन्न विज्ञ,सरोकारवालासहित ७०हजारभन्दा बढीको उपस्थितिको अपेक्षा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्