अनलाइनबाट सामान किन्दा सचेत हुन प्रहरीको आग्रह काठमाडौं,१३मंसिर।नेपाल प्रहरीले अनलाईनबाबट समान किन्दा ठगीका घटना बढेकाले सचेत हुन आग्रह गरेको छ। प्रहरी प्रवक्ता कुवेर कडायतले भने,‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ।त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज/अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्