कैलालीमा कुटपिटबाट १ जनाको मृत्यु, ७ जना पक्राउ काठमाडौं, १३ मंसिर। कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ।कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ। लम्कीचुहा नगरपालिका–९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले मंगलबार राति कुटपिट गरेको प्रहरीको दाबी छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्