टिकटक बन्द नगरे इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी काठमाडौं, १३ मंसिर।नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक बन्द नगरेमा ५५इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेज गर्ने चेतावनी दिएको छ। प्राधिकरणले सूचना जारी गर्दै‘सरकारले सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने’निणर्यअनुसार कार्यान्वयन गर्न सूचित गर्दै कार्यान्वयन नगर्ने सेवा प्रदायकलाई पनि २४घण्टाभित्रमा निणर्य कार्यान्वयन गर्न निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्