खाद्य कम्पनीले खरिद गर्यो ३० हजार क्विन्टल धान काठमाडौं, १३ मंसिर।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ।पश्चिम तराईका ४ वटा कम्पनीका शाखाबाट पछिल्लो पटक ३०हजार क्विन्टल धान खरिद गरिएको हो। यो वर्ष खाद्यले ५०हजार मेट्रिक टनको लक्ष्यसहित धान खरिद प्रक्रिया सुरु गरेको छ। सुदूरपश्चिममा पर्ने कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको राजापुर र बाँकेको नेपालजन्गबाट धान खरिद प्रक्रिया सुरु भएको कम्पनीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्