राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते काठमाडौं, १३ मंसिर।राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११गते गर्ने निर्णय सरकारले गरेको छ।बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन दुई महिनापछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले निर्वाचनको मिति घोषणा गरेको हो। राष्ट्रिय सभामा आगामी फागुन २०गतेदेखि २०जना सदस्यको म्याद सकिँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्