सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, मधेश सेमिफाइनलमा प्रवेश काठमाडौं, १२ मंसिर। पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ। समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो। यो समूहमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८विकेटले हराएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्