प्रसाईंका स्वकीय सचिवसहित १५ जना काठमाडौँबाट पक्राउ काठमाडौं, १२ मंसिर। गणतन्त्र विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ। पक्राउ पर्ने अन्यमा श्रीनिवास आचार्य,निकेश बाँस्तोला,भोजराज तमिल्सिना, हरि बिशुङ्खे,भुवन परियार,दीपक गोस्वामी,देवेन्द्र कार्की, यदुनाथ सिग्देल,राजु तामाङ,उबहादुर रिजाल,युभिन श्रेष्ठ,सुजन खड्का, दिपेश खड्का र मेहरमान बस्नेत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्