अबदेखि फेक आइडीबाट कन्टेन्ट उत्पादन, सेयर र कमेन्ट गर्न नपाइने काठमाडौं, ४ मंसिर।नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित निर्देशिका बनाएको छ।सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका,२०८०’बनाएको हो।निर्देशिका बनेसँगै नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रुपमा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुनपर्नेछ।यस्तै, अबदेखि सामाजिक सञ्जालमा ‘फेक आइडी’ खोलेर कन्टेन्ट क्रियट समेत गर्न नपाउने र सेयर तथा कमेन्ट समेत गर्न नपाइने व्यवस्था निर्देशिकामा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्