टिकटक प्रतिबन्धको विरुद्धमा माइतीघरमा प्रदर्शन काठमाडौं,४मंसिर।टिकटक प्रतिबन्धको विरुद्धमा सोमबार माइतीघर मण्डलामा टिकटक प्रयोगकर्ताहरुले प्रदर्शन गरेका छन्।उनीहरुले टिकटक बन्द गर्न नहुने भन्दै १२ बुँदे माग राख्दै माइतीघरमा जम्मा भएर सरकारलाई दबाब दिएका हुन्।साइबर क्राइममा टिकटक सात प्रतिशतमात्रै हिस्सेदार भएकोले नियमनको सट्टा प्रतिबन्धले कन्टेन्ट क्रिएटरको अधिकार खोसिएको टिकटक प्रयोगकर्ताहरुको तर्क छ।साइबर क्राइममा ८०प्रतिशत हिस्सेदार फेसबुक बन्द नगरी टिकटक बन्द गर्नु तर्क संगत नभएको उनीहरुको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्