एनआरएनएलाई राष्ट्रपतिको आग्रह–नेपालमा अपार सम्भावना छ, लगानी बढाउनुस् काठमाडौं, ३० असोज।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना भएको बताएका छन। गैरआवासीय नेपाल संघ (एनआरएनए)को चुनावी अधिवेशनमा बोल्दै उनले शिक्षा,स्वास्थ्य,पूर्वाधार,प्रविधि,ऊर्जा र पर्यटनमा अपार सम्भावना रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन्।नेपालमा रहेको सम्भावनालाई उजागर गर्न स्वदेशी लगानीले मात्र नपुग्ने र विदेशी लगानी नै ल्याउनुपर्ने बताए।उनले भने,‘अन्तर्राष्ट्रिय जगतमा देशको छवि उँचो बनाउन पनि तपाईंहरुले ठूलो लगानी भित्र्याउन पहल गर्नुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्