विश्वकप छनोटः दोस्रो लेग खेल्न आज लाओस जाँदै राष्ट्रिय फुटबल टोली काठमाडौं, २६ असोज।राष्ट्रिय फुटबल टोली विश्वकप छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगका लागि आज शुक्रबार लाओस जाँदै छ। बिहीबार घरेलु मैदानमा पहिलो लेग खेलेका नेपाल र लाओसका टोली दोस्रो लेगका लागि सँगै लाओस जान लागेका हुन्।नेपाली टोलीको साढे १२ बजेका लागि फ्लाइट सेड्युल भए पनि दिउँसो २बजेपछि लाओस प्रस्थान गर्नेछन्।नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३०गते मंगलबार लाओसमा हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्