काठमाडौं महानगरद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन काठमाडौं, २५ असोज। काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्