चिकित्सक र स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कारबाही गर्न त्रिविको माग काठमाडौं, १९ असोज।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ। विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमण नरोकिए स्वास्थ्यकर्मी विदेश पलायन हुन सक्ने चेतावनी दिएको छ। त्रिविबाट उत्पादन भएका चिकित्सक र स्वास्थ्यकर्मी स्वदेश तथा विदेशमा समेत गुणस्तरीय सेवा प्रदान गरेकाले शृङ्खलाबद्ध रूपमा आक्रमण गनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्