आजबाट अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्ने आन्दोलनरत कर्मचारीहरुको चेतावनी काठमाडौं, १९ असोज। स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई अझैँ सशक्त बनाएका छन्। उनीहरुले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गर्न लागेका हुन्। संसद्मा पेस हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै गएको आइतबारदेखि आन्दोलनरत उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी सरकारलाई दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्