२०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त आयोजना गर्ने काठमाडौं, १८ असोज।सन् २०३०को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार उक्त निर्णय सुनाएको हो। बुधबार फिफाले स्पेन, पोर्चुगल र मोरक्कोसलाई सह–आयोजकको रुपमा घोषणा गरेसँगै ६ देशले संयुक्त रुपमा विश्वकपको आयोजना गर्ने पक्का भएको। यसअघि उरुग्वे, अर्जेन्टिना र पाराग्वे सन् २०३०को विश्वकप आयोजकहरु रहेको घोषण भइसकेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्