डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो काठमाडौं, ११ असोज। नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ। ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो। आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ। सबैभन्दा धेरै सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्