विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्छौं : प्रधानमन्त्री काठमाडौं, १ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागि हुन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा पत्रकारसँगको भेटमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका हुन्। ‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छौँ,’प्रचण्डले भने,‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित गरिने छैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्