काठमाडौं ल्याउँदै गरेको २ हजार किलो माछा चितवनमा नष्ट काठमाडौं, १ असोज। चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो। पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका अनुसार माछाबाट गन्ध आइरहेकोले र अवैध रुपमा भित्रिएकोले नष्ट गरिएको हो। नष्ट गरेको माछाको बजार मूल्य तीन लाख २० हजारसम्म पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्